काठमाडौं । स्पेनिस ला लिगाकै सबैभन्दा प्रतिक्षित खेलमा आज रियल मड्रिड र बार्सिलोनाबीचको भिडन्त हुँदैछ ।
नेपाली समयअनुसार राति १ः४५ बजे हुने सिजनको दोस्रो एल क्लासिको रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुँदैछ ।
यसअघि बार्सिलोनाको घरेलु मैदान क्याप नोउमा भएको पहिलो एल क्लासिकोमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
अंक तालिकामा घम्साघम्सी गरिरहेका बार्सिलोना र रियल मड्रिड एक–अर्कालाई हराउँदै उपाधि होडमा बलियो बन्ने दाउमा छन् ।
डिफेन्डिङ च्याम्पियन बार्सिलोना अहिले कुल ५५ अंकसहित अंक तालिकाको शीर्ष स्थान रहेको छ भने ५३ अंकसहित रियल दोस्रो स्थानमा छ ।
लिगको तेस्रो स्थानमा रियल सोसिडाड रहँदा एथ्लटिको मड्रिड चौथो स्थानमा छ ।
पछिल्लो ५ खेलको नतिजा
यी दुवै टिमले खेलेका पछिल्ला ५ खेलमा बार्सिलोनाले ३ खेलमा जितेको छ साथै २ खेल बराबरीमा रोकिएको छ ।
पछिल्लो ५ खेलमा बार्सिलोना विरुद्ध रियल मड्रिडले जित निकाल्न सकेको छैन् ।