बार्सिलोना रियल मड्रिडसँग पराजित

काठमाडौं, १९ फागुन । बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ ।

आइतबार राती रियल मड्रिडको मैदानमा भएको एल क्लासिकोमा भिनिसियस जुनियर र मारियानो डियाजले एक एक गोल गर्दा बार्सिलोनालाई पराजित गरेका हुन् ।

पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफको ७१ औं मिनेटमा भिन्सियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाए। त्यस्तै खेलको इन्ज्युरी समयमा मारियानोले गोल गर्दा रियलले २–० को जित सुनिश्चित गर्‍यो।

जीतसँगै रियल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। जारी सिजन २६ खेल खेलेको रियलले १६ जित, ८ बराबरी र २ हारसँगै ५६ अंक जोड्दै शीर्षस्थानमा छ। त्यस्तै बार्सिलोनाको ५५ अंक छ। बार्सिलोनाले २६ खेलमा १७ जित, ४ बराबरी र ५ पराजय ब्यहोर्दै ५५ अंक जोडेको हो। तालिकाको तेस्रो र चौथोस्थानमा ४६ र ४५ अंकसहित क्रमश सेभिया र गेटाफे रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here