ई-पासपोर्ट छाप्न टेण्डर आह्वान, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद ‘धराप’मा

काठमाडौं, १९ फागुन । परराष्ट्र मन्त्रालयले ई–पासपोर्ट छपाइको पुनः टेण्डर आह्वान गरेको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा रोकिएपछि परराष्ट्रले टेण्डर रद्द भएको चार महिनापछि पुनः टेण्डर आह्वान गरेको हो।

मार्च २ (फागुन १९) गतेदेखि ४५ दिनको समयसीमाभित्र इच्छुक कम्पनी टेण्डर प्रक्रियामा सहभागी हुन सक्नेछन्। एमआरपीबाट ई–पासपोर्टमा जाने भन्दै ५० लाख राहदानी छपाइका लागि परराष्ट्रले गत भदौमा बोलपत्र आह्वान गरेको थियो।

तर, जिटुजी प्रक्रियाबाटै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न लागेको फ्रान्सेली कम्पनीबाटै राहदानी खरिद गर्ने तयारी रहेको भन्दै टेण्डर रद्द भएको थियो।