शेयर बजारमा ‘सर्किट ब्रेक’

काठमाडौं । सोमवार सेयर बजारमा ‘सर्किट ब्रेक’ लागेको छ ।

शेयर कारोबार सुरु भएको दोस्रो घण्टामा नै शेयर बजार ५ प्रतिशतले घटेपछि नेपाल स्टक एक्सचेञ्जले कारोबारमा केहि समयका लागि ब्रेक लगाइएको हो । शेयर बजार अहिलेपनि ५ प्रतिशतभन्दा बढी घटिरहेको छ ।

यस अवधिमा नेप्से परिसूचक ७९ दशमलव ५७ अंकले ओरालो लागेर १ हजार ५ सय ११ दशमलव ७९ अंकमा झरेको छ ।

४६ लाख २८ हजार १ सय ९२ कित्ता शेयर १७ हजार ८ सय ६२ पटक किनबेच हुँदा अहिलेसम्म १ अर्ब ९८ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतवार पनि ठूलो अंकले ओरालो लागेको शेयर बजार सोमवार पनि ओरालो लाग्ने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here