अमेरिकामा कामदारको लागि भिसा खुला, अनलाइनबाटै यसरी भर्नुहोस् फारम

काठमाडौं । अमेरिकी रोजगार दाताले उच्च शिक्षा प्राप्त गरेका क्षमतावान् कामदारको लागि भिसा खुलाएको छ ।

उच्च शिक्षा प्राप्त गरेका ‘एचवान बी’ कामदारका लागि अमेरिका रोजगारदाताले भिसा खुलाएको छ।

आइतवार अर्थात मार्च १ गतेबाट नेपाली कामदार भिसामार्फत अमेरिका जानका लागि आवेदन खुलाएको हो ।

युएससी आईएसको सूचना अनुसार मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखको दिन दिउँसो १२ बजेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

सन् २०२१ का लागि खुलेको आवेदनको लागि निर्धारित समयसम्मका विश्वको जुनसुकै स्थानबाट भर्न सकिने व्यवस्था रहेको छ ।

अनलाइनबाट फारम भर्दा १० अमेरिकी डलर लाग्नेछ । र फारम भरेपछि युएससी आइएसले ‘कन्फर्मेसन कोड’ पठाउने छ । उक्त कोडबाट आवेदकहरुले यही मार्च ३१ मा नै छनोट भएको वा नभएको बारे नतिजा हेर्न सक्नेछन् ।

यदी छनोट भएको नतिजा आएमा छनोट भएका आवेदकहरूले एचवानबी भिसाको प्रक्रिया अगाडि बढाउने सक्नेछन् । यदी तोकिएका सबै प्रक्रिया पुरा गरेमा अमेरिकाले भिसा दिनेछ ।

यस सम्बन्धी थप जानकारीको लागि Department of Homeland Security मा हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here