१६ दिनपछि ‘नेपाल सरकार जिन्दावाद’ भन्दै घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

काठमाडौं । चीनको वुहानबाट उद्दार गरेर गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन् ।

कोरोना प्रभावित क्षेत्रबाट आएका कारण उद्दार गरेर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका उनीहरुलाई सोमबार घर पठाइएको हो ।

उनीहरु पुर्ण रुपमा सुरक्षित भएको कारण र रिपोर्टमा कोरोनाको संक्रमण नपाइएपछि घर पठाइएको हो ।

घर फर्कन पाउदाँ उनीहरु निकै खुसी देखिन्थे । उनीहरुले नेपाल सरकार जिन्दावाद, नेपाल आर्मी जिन्दावादलगायतको नारा समेत लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here