कस्तो छ प्रधानमन्त्रीको अवस्था, अन्तिम’क्रस-म्याच’ परीक्षण हुँदै

काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएसँगै चिकित्सकहरूले शल्यक्रियाका लागि आवश्यक तयारी सुरु गरेका छन्।

सोमवार साँझ महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका ओलीको मुटु, श्वासप्रश्वास, दाँत अनि रक्तचाप लगायतका परीक्षण भइरहेको र शरीरका सबै महत्त्वपूर्ण अङ्ग तथा आवश्यक परीक्षण बुधवार बिहानसम्म गरिने अस्पताल स्रोतले जनाएको छ ।

त्यसबाहेक प्रधानमन्त्री ओलीको मङ्गलवार डायालिसिस पनि गरिँदैछ। अङ्गदाताबीच अन्तिम ‘क्रस-म्याच’परीक्षण गर्न हुँदैछ । कुनै किसिमको समस्या देखिए शल्यक्रिया स्थगित गरिनेछ।

ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका हुन्। यसअघि २०६४ सालमा भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उनको शरीरमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here