पर्यटनमा नयाँ काम गर्दै हुनुहुन्छ ? नेपाल पर्यटन बोर्डको वेवसाइट र सामाजिक संजालमा निःशुल्क पहुँच

आगामी नयाँ वर्ष२०७६ लक्षित तथा पर्यटन विकासमा सहयोग पुग्ने कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ, तर उचित प्रचार प्रसार नभएर चिन्तित हुनुहुन्छ ?

त्यसो हो भने नेपाल पर्यटन बोर्डले एक “स्कीम” ल्याएको छ । तपाईका कार्यक्रम बोर्डको मेलमा पठाउनुहोस, उसले कार्यक्रमको महत्व हेरी त्यसलाई बोर्डको वेवसाइट र सामाजिक संजालमा राखिदिनेछ ।

बोर्डले एक मापदण्ड तोकेको छ । त्यो मापदण्डमा आधारित भई कार्यक्रमको विस्तृत विवरण बोर्डको मेलमा पठाइदिनुस, उसले आफ्नो डिजिटल माध्यमबाट त्यस्ता कार्यक्रमको निःशुल्क प्रवद्र्धन गरिदिनेछ ।

आसन्न नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन र पर्यटनमा धेरै मानिसको आकर्षणलाई बढाउन यस्तो अभियान शुरु गरिएको बोर्डको भनाई छ । बोर्डले यस्ता इभेन्टको प्रवद्र्धन गर्न info@ntb.org.np मा कार्यक्रमको विस्तृत विवरण पठाउन सकिने उल्लेख गरेको छ ।

आवश्यक विवरण
1. कार्यक्रमको सम्बन्धमा १५०–५०० शब्दसम्मको जानकारी
2. आधिकारिक शिर्षक
3. कार्यक्रम शुरु हुने र अन्त्य हुने मिति
4. कार्यक्रम हुने स्थान
5. आधिकारिक फेसबुक पेज तथा अन्य आधिकारिक सामाजिक संजाल
6. कार्यक्रमको आकर्षण झल्काउने तस्वीर
7. कार्यक्रम आयोजना स्थलका तस्वीर
8. आधिकारिक व्यक्तिको सम्पर्क नम्बर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here