काठमाडौं, २१ फागुन । भारतले २६ प्रकारका औषधि र कच्चा पदार्थ निर्यातमा रोक लगाएको छ ।
चीनबाट सुरू भएर चार दर्जनभन्दा बढी मुलुकलाई प्रभावित पारेको कोरोना भाइरस (कोभिड(१९) का कारण आफ्नै लागि अभाव हुनसक्ने भन्दै मंगलबार वाणिज्य एवं उद्योग मंत्रालयको विदेश व्यापार महानिर्देशालयले यस्तो निर्णय गरेको हो।
रोक लगाएकोमा पारासिटामोल, टाइनिडाजोल, मेट्रोनाइडाजोल, एकिक्लोभिर, भिटामिन बी१, भिटामिन बी६, भिटामिन बी१२, प्रोजेस्टेरोन, क्लोरामफेनिकोल, एरिथ्रोमाइसिन साल्ट, नियोमाइसिन, क्लिन्डामाइसिन साल्ट, ओर्निडाजोल र यी औषधीबाट फर्मुलेट भएका अरु १३ प्रकारका औषधी रहेका छन् ।
भारतीय औषधि उत्पादक कम्पनीहरूले ७० प्रतिशत कच्चापदार्थ चीनबाट आयात गर्दै आएका छन्। कोरोना फैलिएको वुहान क्षेत्र नै चीनको औषधि निर्यातक कम्पनी रहेको ठाउँ हो। थोकको भाउमा कच्चा पदार्थ भारतमात्रै नभइ युरोपलगायतका औषधि उत्पादकलाई पनि पठाउने चीनबाट यतिबेला कारोबार बन्द छ।






















