प्रधानमन्त्रीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगंजमा ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको हो ।मिर्गौला दाता समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै सफलतापूर्वक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको डा. प्रेमराज ज्ञवालीले जानकारी दिए।

मिर्गौला प्रत्यारोपण टिममा शिक्षण अस्पतालका अनुभवी चिकित्सकसँगै पहिलो प्रत्यारोपणमा सहभागी तीनजना भारतीय चिकित्सकसमेत रहेका छन्। नयाँ मिर्गौला प्रत्यारोपण गरिएसँगै प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here