प्रधानमन्त्रीको होस खुल्यो

काठमाडौं, २१ फागुन । मिर्गौला प्रत्यारोपण शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीको होसमा आएका छन् ।

शल्यक्रियामा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको होस खुलेको हो। उनको नयाँ मिर्गौलाले काम गर्न पनि थालिसकेको छ।

ओलीको मिर्गौला प्रत्यारोपण सफलसँगै आईसीयूमा राखिएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here