धितोपत्र बजारको ओरालो यात्रा जारी, नेप्से साढे ५ अंकले घट्दा २ अर्ब ४५ करोडको कारोबार

काठमाडौं, २२ फागुन । धितोपत्र बजारको ओरालो यात्रा साताको अन्तिम दिन पनि जारी नै रह्यो । आज नेप्से परिसूचक ५.५० अंकले घटेर १ हजार ४ सय ३५.७० अंकमा झरेको छ ।

विहिवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स १.१५ अंकले घटेर ३ सय ७.७२ अंकमा झरेको छ ।

विहिवार कारोबारमा आएका मध्ये लघुवित्त, विकास बैंक, फाइनान्स, जीवन बिमा र अन्य समुहको सूचक बढ्यो भने बैकिङ्ग, ट्रेडिङ, होटल, जलविद्युत, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन र सामुहिक लगानी कोष समुहको सूचक घट्यो ।

आज सबैभन्दा धेरै लघुवित्त समुहको सूचक बढ्यो । लघुवित्तको सूचक २.१३ प्रतिशत बढ्यो । त्यस्तै, विकास बैंक र फाइनान्स समुहको १.१३ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहका सूचक घट्यो । ट्रेडिङ समुहको सूचक २.०७ प्रतिशत घट्यो । त्यस्तै, होटल समुहको १.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन समुहको १.३५ प्रतिशत घट्यो ।

विहिवार १ सय ७९ कम्पनीको ५९ लाख ४० हजार ५ सय ३३ कित्ता शेयर २२ हजार ५ सय ३१ पटक किनबेच हुँदा २ अर्ब ४५ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भयो ।

विहिवार सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सका शेयर धनीले कमाए । मञ्जुश्रीको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, रिडी विद्युत कम्पनीको ९.०४ प्रतिशत, बोटल्स नेपालको (तराई) को ८.२१ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा नेपाल हाइड्रो डेभलपर्सका शेयर धनी छन् । नेपाल हाइड्रोको शेयर मूल्य ९.६९ प्रतिशत घट्यो । त्यस्तै, हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ९.३२ प्रतिशत घट्यो ।

विहिवार सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सले गर्यो । इन्स्योरेन्सले ३७ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here