१ करोड ४२ लाख पर्ने अगस्टाको ‘बी४ सेरी ओआरओ’ मोटरसाइकल नेपालमा

काठमाडौं । मोटरसाइकल निर्माता कम्पनी एमबी अगस्टाको ‘बी४ सेरी ओआरओ’ नेपालमा भित्रिएको छ ।

नेपालको लागि एमबी अगस्टाको आधिकारीक वितरक भेलोसिटीले यो मोटरसाइकल बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार यो मोटरसाइकलको मूल्य नेपाली बजारमा १ करोड ४१ लाख ९० हजार पर्छ ।

यस्तो छ विशेषताः

कम्पनीका अनुसार यस मोटरसाइकलमा ९९८ सीसी क्षमताको फोर सिलिण्डर, लिक्विड र आयल कुल्ड, ४ स्टोक, १६ भल्व डिओएचसी इन्जिन दिएको छ ।

उक्त इन्जिनले अधिकतम १३ हजार ६०० आरपीएममा २१२ बीएच पावर र ९३०० आरपीएममा ११५ एनएम टर्क प्रदान गर्ने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यो मोटरसाइकलको स्पीड क्षेमता ३०२ किलोमिटर प्रतिघण्टा सम्म रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here