उद्योगी दिवाकर गोल्छा रहेनन

काठमाडौं २७ चैत । उद्योगी दिवाकर गोल्छाको निधन भएको छ । मृगौलाका विरामी गोल्छाको उपचारको क्रममा मंगलबार राती साढे १२ बजे भारतको चेन्नाइ स्थित अस्पतालमा निधन भएको हो ।

मृगौलाले काम नगरेपछि उनको मृगौला ट्रान्सप्लान्ट गरिएको थियो । त्यसको दुई सातामै उनको निधन भएको हो । ६७ वर्षका गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व उपाध्यक्ष हुन ।

नेपालको औद्योगिक विकासमा उनले महत्वपूर्ण योगदान दिएका छन् । उनले आफ्नो नेतृत्वमा दुई दर्जन बढी उद्योग सञ्चालनमा ल्याएका थिए ।

हुलास जस्ता पाता, हुलास वायर, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिल लगायत दर्जनौं उद्योग उनले स्थापना गरेका हुन ।
गोल्छा २०६४ सालको संविधानसभाको निर्वाचनमा समानुपातिक कोटामा सांसद थिए ।

बिहीबार परम्परागत रुपमा आर्यघाटमा दाहासंस्कार गरिने परिवार स्रोतले जानकारी दिएको छ । उनका दुई छोरा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here