दिल्ली हिंसाः अर्बौको सम्पत्ति तहसनहस

काठमाडौं । गत फेब्रुअरी २३ तारिखबाट भारतको राजधानी दिल्लीमा भएको धार्मिक युद्धमा हालसम्म ५० भन्दा धेरै मानिसहरुको मृत्यु भइसकेको भारतिय सञ्चार माध्यमले बताएका छन् ।

२०० जनाभन्दा धेरै मानिसहरु घाइते भएको त्यो हिंसामा कति सम्पत्ति तहसनहस भयो भन्ने कुराको पुष्टि हालसम्म दिल्ली सराकारले पनि गर्न सकेको छैन् ।

उक्त हिंसामा स्कुल, घर, संस्था, गाडी, मोटरसाइकल, रिक्सा लगाएत ति हरेक कुरा जलाईयो जो जल्छन् ।

घर पसल कति जले ?

दिल्ली सरकारले गत मार्च ३ तारिखमा सार्वजनिक गरेको तथ्यांक अनुसार त्यो हिंसामा ३ सय २७ भन्दा धेरै पसलहरुमा आगो लगाईयो ।

यसका साथै १ सय ६८ घर आंशिक रुपमा जले भने ७९ घर पुर्ण रुपमा ध्वस्त भए । सरकारले यो हिंसामा कुनैपनि रुपमा नोक्सान पुगेको हरेक क्षेत्रलाई मुआब्जा दिने बताएको छ ।

कति पाउछन् मुआब्जा ?

दिल्ली सरकारका अनुसार दिल्ली हिंसामा परेका हरेक मानिसलाई मुआब्जा वितरण गरिन्छ ।

दिल्ली सरकारले दिएको जानकारी अनुसार उक्त हिंसामा परेर ज्यान गुमाएका १८ वर्षभन्दा माथिका वयस्क मानिसको मृत्युमा सरकारले १० लाख भारु मुआब्जा दिने बताएको छ ।

यसका साथै, १८ वर्षभन्दा कमका मानिसको मृत्युमा ५ लाख भारु, अपाङ्ग भएको व्यक्तिलाई पनि ५ लाख दिने बताइएको छ । गम्भीर घाईते भएकालाई २ लाख दिने पनि दिल्ली सरकारले बताएको छ ।

सामान्य घाइते भएका व्यक्तिलाई २० हजार भारु, अनाथलाई ३ लाख, जनावरको क्षतिमा ५ हजार, साकमान्य रिक्सालाई २५ हजार र इलेक्ट्रिक रिक्सालाई ५० हजार दिने सरकारले निर्णय गरेको छ ।

BBC HINDI

उक्त हिंसामा कति सम्पत्तिको क्षति भयो भन्ने बारेमा अध्ययन भईरहेको पनि दिल्ली सरकारले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here