टुबोर्ग ललितपुर ट्याटू कन्भेन्सन सुरु, सनिबार सबिन राइको प्रस्तुति

ललितपुर, २३ फागुन । ट्याटुप्रेमी युवाहरूलाई लक्ष्यित गरि रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेएस एन्टरटेन्टमेन्टले संयुक्त रूपमा आयोजना गरेको टुबोर्ग ललितपुर ट्याटू कन्भेन्सन शुक्रबार सुरु भएको छ ।

कार्यक्रममा शुक्रबार मात्र ३५ जनाले ट्याटू खोपाएको र करीब सय जनाले पछि ट्याटू खोपाउन बुकिङ गरेको बताइएको छ ।

नाखिपोट, बास्केटबल कोर्ट, ललितपुरमा भैरहेको कार्यक्रमको उद्देश्य ललितपुरका ट्याटू कलाकारहरुलाई अवसर प्रदान गरेर ट्याटू कलाको प्रवद्र्धन गर्ने साथसाथै ट्याटू कलाको महत्वबारे बुझाउने रहेको छ।

कार्यक्रममा ललितपुरका स्थानीय ट्याटू कलाकारहरुले भाग लिएको कार्यक्रम संयोजक पूनम थापा सारुले बताइन् ।

दुइ दिने कार्यक्रममा मनोरञ्जन प्रदान गर्ने उदेश्यका साथ नेपालका चचित कलाकार र साङ्गितिक ब्याण्डले गीत संगीत प्रस्तुत गरेका छन् ।

यामन, दि मेमोरिया र आरक्षले शुक्रबार साङ्गितिक प्रस्तुति दिएका छन भने सनिबार सबिन राई र फारो, नेपाली भ्लगर चेतनराज कार्कीका साथै लास्ट मिनेटले आ–आफ्नो प्रस्तुति दिनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here