उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि वर्षा,मनाङमा हिमपात

काठमाडौं, २४ फागुन । पश्चिमी न्युनचापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित मध्य र पूर्वका केही स्थानमा हल्का पानी परिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार शनिबार दिउँसो काठमाडौं उपत्यकासहित देशका अधिकांश पहाडी भू–भागमा मेगगर्जन हावाहुरी र चट्याङसहित पानी पर्ने छ। धेरैजसो उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुनेछ।

शनिबार जारी विज्ञप्तिअनुसार चट्याङ्/ हावाहुरी र असिनासहित वर्षा हुने र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज रातको समयमा पनि देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही मध्य तथा पूर्वी पहाडीका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

मनाङ जिल्लामा हिमपात भएको छ । जिल्लाकाे अधिकांश ठाउँमा शनिबार बिहानैदेखि हिउँ परेकाे स्थानीयले बताएका छन् ।

माथिल्लो भेगस्थित नार, फु र खाङसार लगायतका स्थानमा बाक्लै हिउँ परेको त्यहाँका बासिन्दाले जानकारी दिएका छन् । सदरमुकाम चामेमा समेत हिउँ परेकाे छ ।

विभिन्न सरकारी कार्यालय परिसरमा बाक्लै हिउँ जमेकाे छ । बेमौसमी हिउँ परेसँग चिसाे समेत बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here