ललितपुर र काठमाडौंका यी ठाउँमा दिनभर बत्ती जाने

काठमाडौं, २४ फागुन । पाटन फर्पिङ फिडरबाट वितरित ११ के भी लाइन अपग्रेडिङ गर्नुपर्ने भएकोले शनिबार र आइतबार विद्युत कटौती काठमाडौं र ललितपुरको केहि स्थानमा बत्ती जाने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले जनाए अनुसार ललितपुरका केही ठाउँमा शुक्रबार र आइतबार आठ घण्टा बत्ती जाने भएको छ ।

ललितपुरको फर्सीडोल, डुकुछाप, दनुवार बस्ती, जोर्खु, घुसेल, खोलाखेत लगायतका ठाउँमा बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म बत्ती जाने भएको हो ।

यस्तै काठमाडौंको जोरपाटी वितरण केन्द्रको डाँछी फिडरअन्तर्गत दक्षिण ढोका क्षेत्र, ग्रिन हिल सिटी र माकलबारी क्षेत्रतिर पनि आज बत्ती जाने भएको छ ।

सडक विस्तारको काम भैरहेकाले तार सार्न बिहान ९ देखि बेलुकी ५ बजेसम्म विद्युत कटौती गर्न लागेको प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here