जुसभन्दा फलफूल खानु नै उत्तम

काठमाडौं । गर्मी मौसमको आगमनसँगै बजारमा रहेका जुस तथा फलफूल पसलहरूमा भीड बढ्छ ।

यद्यपि जुसको अनुपातमा फलफूल खानु नै उत्तम हुन्छ । जुस बनाउँदा फलफूलको बोक्रा र रेसामा रहेका कयौं महत्वपूर्ण पोषणतत्व नष्ट हुनपुग्छन् ।

जसका कारण शरीरमा पोषणतत्व पुग्न पाउँदैन । केरा, आप, अनार, सुन्तलाजस्ता केही फलफूललाई छोडेर अन्य फलफूलको सेवन बोक्राका साथमा गर्नु उत्तम हुन्छ । स्याउ, अंगुर, स्ट्रबेरी आदिका बोक्रामा प्रशस्त पोषकतत्व हुन्छ ।

जुस सजिलै र छिट्टै पच्छ, जसले गर्दा यसबाट पाइने ऊर्जा पनि छिट्टै खपत हुन्छ । छिट्टै पचेका कारण जुस पिएको थोरै समयपछि नै भोक लाग्छ । जब कि फलफूल खाएपछि फाइबरका कारण पेट भरिएको महसुस हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here