एक भए पूर्वपञ्च, हिन्दू राष्ट्रलार्ई एजेण्डाका रुपमा अंगाल्ने

काठमाडौं, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच एकता हुने भएको छ । लामो समययता दुई पार्टीबीच एकता हुने चर्चा चलिरहेकोमा शनिबार एकताका लागि आधारपत्रमा हस्ताक्षर भएको हो।

एकताको घोषणासभा फागुन २८ गते अर्थात आउँदो बुधबार हुनेछ । एकीकृत पार्टीमा राप्रपा संयुक्तका अध्यक्षहरु राणा र लोहनी तथा राप्रपाका अध्यक्ष थापा अध्यक्ष रहने र एकीकृत पार्टीको महाधिवेशन डेढ वर्षभित्र गर्ने सहमति भएको छ ।

नयाँ दलको झण्डा अहिले राप्रपाको झण्डा प्रयोग गरिने तर चुनाव चिह्न भने पछि तय गर्ने सहमति भएको छ । केन्द्रीय समितिमा मनोनयन, सचिवालय निर्माण, जिम्मेवारी बाँडफाँडलगायत दैनिक कार्य सञ्चालन तीनजना अध्यक्षहरुको सहमतिमा गर्ने सहमति भएको छ ।

पार्टी एकताको आधारपत्र र कार्यविधि निर्धारण गर्न राप्रपा संयुक्तबाट विक्रम पाण्डे, ठाकुर शर्मा र श्याम तिमल्सिना तथा राप्रपाका तर्फबाट दीपक बोहोरा, बुद्धिमान तामाङ र भास्कर भद्रा रहेको कार्यदल समेत गठन गरिएको छ ।

यो पार्टीले पूर्ण धार्मिक स्वतन्त्रतासहित सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रलार्ई एजेण्डाका रुपमा अंगाल्ने भएको छ। राजसंस्थासहितको प्रजातन्त्र पार्टीको नीति र सिद्धान्त हुनेछ।

अहिले राप्रपाको झण्डा नै एकीकृत पार्टीको झण्डा रहने सहमति भए पनि चुनाव चिह्न टुंगो लागेको छैन ।

यसअघि पनि दुई पार्टीबीचको एकता घोषणा गर्ने चरणमा पुगेको थियो। तर, अन्तिम अवस्थामा चुनाव चिह्नमा कुरा नमिलेपछि एकता टरेको थियो। अहिले पनि चुनाव चिह्नमा सहमति जुट्न सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here