क्‍वारेन्टाइन बनाइएको होटल भत्किँदा ७० जना थुनिए

काठमाडौं , २५ फागुन । क्‍वारेन्टाइनको लागि बनाइएको होटल भत्किँदा ७० जना थुनिएका छन् ।

चीनको पूर्वी प्रान्त फुजिआनस्थित क्‍वारेन्टाइन बनाइएको छिन्जिआ होटल शनिबार साँझ अचानक भत्किएको हो ।

स्थानीय समय अनुसार साढे ७ बजे यस्तो घटना भएको हो । जहाँ २३ जना मानिसको उद्धार भएको थियो ।

८० वटा कोठा भएको उक्त होटल हालै कोरोना भाइरसका संक्रमितहरुका लागि क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको थियो । उद्धार कार्य अहिले पनि जारी छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here