मेस्सीको निर्णायक गोलले बार्सिलोना शीर्ष स्थानमा

काठमाडौं, २५ फागुन । कप्तान लियोनल मेस्सीले एकमात्र निर्णायक गोलले बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले एकमात्र निर्णायक गोल गरे । खेलको ८१ औँ मिनेटमा मेस्सीले पेनाल्टी मार्फत गरेको गोल गर्दै खेलको निर्णायक बन्यो ।

जितसँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । बार्सिलोनाले २७ खेलबाट ५८ अंक जोडेको छ । दोस्रो स्थानको रियल मड्रिडको ५६ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here