रोनाल्डिन्होलाई हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं । नक्कली पासपोर्ट प्रयोग गरेको अभियोगमा पक्राउ परेका ब्राजियन लिजेन्ड रोनाल्डिन्होलाई हिरासतमा राख्न पाराग्वेको एक अदालतले आदेश दिएको छ ।

रोनाल्डिन्हो गत बुधबार नक्कली पासपोर्ट प्रयोग गरेर पाराग्वेमा पक्राउ परेका थिए । पक्राउ परेसंगै उनलाई पूर्पक्षका लागि हिरासतमा राख्न पाराग्वेका अदालतले आदेश दिएको हो ।

शनिबार आफ्ना वकिलसहित अदालतमा उपस्थित भएका उनलाई पाराग्वेको हितविरुद्ध गम्भीर अपराध गरेको ठहर गर्दै न्यायाधीस क्लारा रुइज डियाजले हिरासतमा राख्ने निर्णय सुनाएका हुन् ।

२००२ का विश्वकप विजेता रोनाल्डिन्हो र उनका दाजु रोबर्टो बुधबार राति नक्कली पासपोर्टका साथ पक्राउ परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here