कोरोना विरुद्ध मानिसहरुलाई यसरी जागरुप गर्दैछ गुगल

काठमाडौं । चीनको बुहान राज्यबाट सुरु भएर विश्वका ९० भन्दा धेरै देशमा फैलिएको कोरोना भाइरसको विरुद्ध संसारभर विभिन्न प्रकारका अभियानहरु सञ्चालन गरिएको छ ।

यसका साथै अब गुगल पनि मानिसहरुलाई कोरोना विरुद्ध जागरुप गर्नको लागि अगाडी बढेको छ । गुगलका सीईयो सुन्दर पिचाईका अनुसार गुगलले कोरोना विरुद्ध जागरुपता फैलाउनुका साथै यसको बारेमा गलत सूचना फैलाउने व्यक्ति वा संस्थालाई पनि निगरानीमा राख्ने उनले बताएका छन् ।

सुन्दर पिचाईले सामाजिक सञ्जाल ट्विटरमा जानकारी दिदै गुगल सर्च, गुगल म्याप, युट्युव तथा अन्यमा पनि कोरोबाट कसरी बच्ने तथा कस्ता कस्ता उपाय अपनाउने भन्ने विषयमा जानकारी प्राप्त गर्न सकिने बताए ।

गुगलले कोरोना सम्बन्धी झुटो खबर फैलाउने विज्ञापनहरु हटाएको दाबी गर्दै उनले विश्व स्वास्थ्य संगठनको विज्ञापन तथा सूचना पनि बिना पैसा राख्ने समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here