महिला टि ट्वान्टी विश्वकप क्रिकेटको उपाधी अष्ट्रेलियालाई, फाइनलमा भारत पराजित

काठमाडौं । महिला टि ट्वान्टी विश्वकप २०२० को उपाधी अष्ट्रेलियाले जितेको छ ।

आइतवार भएको फाइनल खेलमा भारतलाई ८५ रनले पराजित गर्दै अष्ट्रेलियन महिला टिमले उपाधी जितेको हो ।

टस जितेर व्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो ।

१ सय ८५ रनको लक्ष्य सहित जवाफि व्याटिङ गरेको भारतिय महिला टिम १९.१ ओभरमा सबै विकेट गुमाउदै ९९ रनमा समेटियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here