प्रधानमन्त्रीलाई नियमित सन्तुलित आहार दिन थालियो

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नियमित सन्तुलित आहार दिन थालिएको छ ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीलाई हिँडडुल गराउन र सन्तुलित आहार दिन थालिएको उल्लेख गरिएको छ । त्यस्तै, अस्पतालले जनाएअनुसार भाइटल तथा ल्याब सामान्य छन् ।

आईतबार अस्पतालले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here