उपाधि होडमा रहेको रियाल म्याड्रिडलाई झड्का

काठमाडौं, २६ फागुन । स्पेनिस ला लिगाको उपाधि होडमा रहेको रियाल म्याड्रिडलाई झड्का लागेको छ । गएराति सम्पन्न खेलमा रियाल बेटिससँग २-१ गोलले पराजित भएसँगै शीर्ष स्थानमा उक्लिने मौकागुमाएको छ।

बेटिसको मैदानमा भएको खेलमा बेटिसका सिडनेइले ४०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा पाएको पेनाल्टीमार्फत गोल गर्दै करिम बेन्जामेले रियाललाई बराबरीमा ल्याए। तर, मध्यान्तरपछिको खेलमा ८२औं मिनेटमा क्रिस्टियन टेलोले बेटिसका लागि विजयी गोल गरेका हुन्।

रियाल म्याड्रिड पराजित हुँदा शीर्ष स्थानको बार्सिलोनालाई प्रत्यक्ष फाइदा पुगेको छ। २७ खेलबाट ५६ अङ्‌क जोडेको रियाल दोस्रो स्थानमा रहँदा समान खेल खेलेको बार्सिलोना २ अङ्‌कको अग्रतासहित शीर्ष स्थानमा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here