कोरोना भाइरसः महिला र बच्चाको तुलनामा पुरुषमा धेरै असर

काठमाडौं । विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरसको संक्रमण महिला र बच्चाको तुलनामा पुरुषमा धेरै हुने र मृत्यु पनि पुरुकै धेरै हुने अध्ययनले देखाएको छ ।

चाइनीज सेन्टर अफ टिजीज कन्ड्रोलले गरेको अध्ययन अनुसार महिला र बच्चाको तुलनामा कोरोनाको संक्रमण पुरुषमा धेरै हुने प्रमाणित भएको हो ।

कोरोना भाइरसको संक्रमण भएका ४० हजार जनामा गरिएको यो अध्ययन अनुसार ति मध्ये २.८ प्रतिशत पुरुष र १.७ प्रतिशत महिलाको मृत्यु भएको छ ।

यसका साथै उमेरको आधारमा हेर्ने हो भने यी मध्ये ०.२ प्रतिशत बच्चा तथा किशोरको मृत्यु भएको छ भने ८० वर्षभन्दा माथी उमेरका १५ प्रतिशत मानिसको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here