टी–ट्वान्टी वरीयतामा सोमपालको एक स्थान सुधार

काठमाडौं, २६ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ टी–ट्वान्टस् वरीयतामा नेपाली क्रिकेटर सोमपाल कामीले १ स्थान सुधार गरेका छन् ।

अघिल्लो पटक सार्वजनिक भएको वरीयतामा ६६औं स्थानमा रहेका सोमपाल नयाँ वरीयतामा ६५औं स्थानमा उक्लिएका हुन् ।

ब्याटिङमा पूर्वकप्तान पारस खड्का ६३औं स्थानमा यथावत रहेका छन् ।

अलराउण्डतर्फ पनि पारस २६औं स्थानमा यथावत स्थानमा छन् । अलराउण्डरमै करण केसी ७४औं स्थानमा छन् ।

बलिङमा सन्दीप लामिछाने ८६औं स्थानमा यथावत छन् । नेपाल भने टिम वरीयतामा १५औं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here