घट्न थाल्यो चीनमा कोरोनाको संक्रमण, अन्य देशमा बढ्दो क्रममा

काठमाडौं । कोरोना भाइरसको उद्गम स्थान चीनमा कोरोना संक्रमितको संख्या घट्न थालेको छ ।

चीनियाँ सञ्चार माध्यमहरुका अनुसार पूर्वी चीनको आन्हुई प्रान्तका कोरोना भाइरसका सबै संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।

आइतबारसम्म आन्हुई प्रान्तमा कोरोना संक्रमितको संख्या ९ सय ९० पुगेको थियो । यसका साथै यस क्षेत्रमा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने ९ सय ८४ जना निको भएका छन्। यस क्षेत्रमा ९९.४ प्रतिशत मानिस पुर्ण रुपमा निको भएका छन् ।

सोमबार दिउँसोसम्म चीनमा ८० हजार ७ सय ३८ जनामा संक्रमण देखिएको छ भने ३ हजार एक सय २० जनाको मृत्यु भएको छ।

विश्वका एक सयभन्दा बढी देशमा फैलिएको कोरोनाको कारण ३ हजार ८ सय ३१ को मृत्यु भएको छ भने एक लाख १० हजारभन्दा बढीमा संक्रमण देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here