इटालीमा देशव्यापी क्वारेन्टाइन, सबै नाका बन्द

काठमाडौं, २७ फागुन । इटालीले कोरोना भाइरसको सङ्क्रमण फैलने क्रम तीव्र बनेपछि देशभरिका नाका बन्द गरेको छ ।

आपत्कालिन अवस्थाबाहेक हिँडडुल गर्न प्रतिबन्ध लगाएर देशव्यापी क्वारेन्टाइन घोषणा गरेको बीबीसीले जनाएको छ । सङ्क्रमणको दर उच्च बनेपछि इटालीको सबै २० वटा प्रान्तमा क्वारेन्टाइन घोषणा गरेको हो ।

इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले आपत्कालिन अवस्थाबाहेक कोही पनि घरबाट बाहिर ननिस्कन र समाजका कमजोर सदस्यको रक्षा गर्दै भाइरसको सङ्क्रमण रोक्न सरकार लागिपरेको बताएका छन् ।

इटालीमा गएको २४ घण्टामा थप ९७ जनाको ज्यान गएपछि कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ६३ पुगेको छ । यस्तै सङ्क्रमितको सङ्ख्या ९ हजार एक सय ७२ पुगेको इटली सरकारले पुष्टि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here