फेरी बढ्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं, २७ फागुन । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको छ ।

कारोबार भएको अघिल्लो दिन प्रतितोला ८२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा मंगलबार २०० रुपैयाँ बढ्दै प्रतितोला ८२ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

मंगलबार तजावी सुनको मूल्य पनि प्रतितोला २०० रुपैयाँले नै बढ्यो ।

अघिल्लो दिन प्रतितोला ८२ हजार २०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा मंगलबार २०० रुपैयाँ बढ्दै प्रतितोला ८२ हजार ४०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

मंगलवार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घट्यो । आज चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here