बाइक नहुँदा जिस्काउने प्रेमिकालाई देखाउन प्रेमिले चोरे ८ मोटरसाइकल

काठमाडौं । प्रेमिकालाई देखाउन ८ वटा बाइक चोर्ने युवक पक्राउ परेका छन् । प्रेमिकाले बाइक नभएकोमा जिस्काएपछि ८ वटा बाइक चोर्ने नयाँ दिल्लीका एक युवक शनिबार पक्राउ परेका हुन् ।

भ्यालेन्टाइनडेका समयमा प्रेमिकाले उनको आफ्नो बाइक नभएको गिज्याएपछि उनले प्रेमिकाका लागि एउटा मात्र नभएर थुप्रै बाइक ल्याइदिन सक्ने हिम्मत जुटाए । उनले साथीहरुसँग मिलेर बाइक चोर्ने योजना बनाउन थाले ।

ललित नामका उनले साथी साहिदसँग मिलेर महंगा महंगा बाइकहरु चोरी गर्न थाले ।

प्रहरीले लाइसेन्स प्लेट नभएको महंगो बाइकमा दुई युवालाई देखेपछि पछ्यायो र उनीहरुलाई रोकेर सोधपुछ गर्न थाल्यो ।

उनीहरुले बाइक चोरी गरेको पुष्टि भयो । उनीहरुले पनि आफूहरुले चोरी गरेको स्विकार गर्दै हालसम्म ८ वटा मोटरसाइकल चोरी गरेको बताए र प्रेमिकालाई प्रभावित पार्न बाइक चोरी गरेको समेत जानकारी दिए ।

यी दुईले प्रहरी समक्ष प्रेमिकालाई प्रभावित पार्न विभिन्न स्थानबाट ८ वटा मोटरसाइकल चोरेको जानकारी दिएका छन् । (एजेन्सी एबीपी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here