नेपाल वायुसेवा र हिमालय एयरलाइन्सले रोके कतार उडान

काठमाडौं, २७ फागुन । नेपाल वायुसेवा निगमसँगै हिमालय एयरलाइन्सले पनि दोहा (कतार) को नियमित उडान स्थगित गरेको छ।
दुवैले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगित गरेको जनाएका हुन् ।

कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण गर्न विभिन्न १४ मुलुकका नागरिकलाई कतारमा प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएको र ती १४ देशमध्ये नेपाल पनि एक भएकाले नेपालीहरु पनि हाललाई कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नु परेको निगमले जनाएको छ।

कतारले सोमबारदेखि लागू हुने गरि नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका र थाइल्याण्डका नागरिकलाई तत्काललाई अस्थायी रुपमा प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो।

निगमले फागुन २६ गतेपछिका उडानका टिकट खरिद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने बताएको छ।

साथै टिकटको उडानको मिति २ पटकसम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको निगमले जनाएको छ ।

निगमले हालसम्म दोहाका लागि हप्तामा सातै दिन उडान गर्दै आएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here