भारतीय प्रधामन्त्री नरेन्द्र मोदिले दिएको सम्मान अस्वीकार गर्ने ‘लिसिप्रिया कन्गुजम’

काठमाडौं । केही समयदेखि पर्यावरणसम्बन्धी मुद्दामा सक्रिय रहेकी आठ वर्षीया बालिका लिसिप्रिया कन्गुजमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको सम्मान अस्वीकार गरिन् ।

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा प्रधानमन्त्री मोदीले देशका विभिन्न स्थानमा सक्रिय रहेका महिलाहरुलाई सम्मान दिएका थिए । यसै क्रममा उनले कन्गुजमलाई पनि सम्मान दिएका थिए, तर, कन्गुजमले उक्त सम्मान अस्विकार गर्दै यसको जवाफमा लेखिन्ः

‘प्रिय नरेन्द्र मोदीजी, यदि तपाईंले मेरो आवाज सुन्नुहुन्न भने कृपया मलाई बधाई नदिनुहोस्। प्रेरणादायी महिलाहरूमा मलाई पनि राख्नुभएकोमा धन्यवाद। कैयौँ पटक सोचेपछि मैले यो सम्मान अस्वीकार गर्ने निर्णय गरेँ।’

लिसिप्रिया भारतको पूर्वोत्तर राज्य मणिपुरकी हुन् ।उनी सन् २०१९ मा अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कारबाट सम्मानित भएकी थिइन्।

तर, कन्गुजमको यो कार्यलाई सामाजिक सञ्जालमा मानिसहरुले विभिन्न कोणबाट व्याख्या् विश्लेषण गरेका छन् । केहीले उनको ‘आँटिलो’ टिप्पणीको प्रशंसा गरेका छन् भने केहीले उनलाई भ्रममा राखिएको बताएका छन्।

केहीले उनले भारत सरकारको अपमान गरेको धारणा राखेका छन्।