नयाँ ग्यास सिलिन्डर बेच्न नपाउने

काठमाडौं, २७ फागुन । सरकारले ग्याँस उपभोक्तालाई नयाँ ग्याँस सिलिण्डर नबेच्न ग्याँस उद्योगीसँग आग्रह गरेको छ ।

मंगलबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कोरोना भाईरसको सन्दर्भमा आपुर्ति व्यवस्थाका विद्यमान अवस्थाबारे अन्तक्रिया आपूर्ती सचिव डा. बैकुण्ठ अर्यालले नयाँ ग्यास सिलिन्डर नबेच्न व्यासायीलाई आग्रह गरेका हुन् । बजारमा ग्यास अभाव हुन नदिनको लागि नयाँ ग्यास नबेच्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै उनले भने, ‘तपाईँले धेरै नयाँ सिलिण्डर बेच्नुभयो भने एकैजनासँग १५ ओटा सिलिण्डर थुप्रिने समस्या आउँछ , यस्तो बेला बजारमा ग्याँस सिलिण्डरको अभाव र उपभोक्ता आत्तिन्छन ।’

बजारमा उपभोग्य सामानको कृतिम अभाव सिर्जना गर्नेलाई पनि कारबाही गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here