यी हुन् कोरोनासँग जुध्दै गरेका विश्वका भीआईपीहरु

काठमाडौं, २८ फागुन । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिन–१९) को संक्रमण बाट ज्यान गुमाउनेको संख्या ४ हजार २ सय ९५ पुगेको छ ।

बुधबार बिहानसम्म ११९ देशमा कोरोनाको संक्रमण फैलिँदा विश्वभर १ करोड १९ लाख एक सय ७७ जना संक्रमित भएका छन् ।

कोरोनाले शक्तिशाली देशको भीआईपीलाई समेत छोडेको छैन् । बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरीजलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ। इरानमा भाइरसका कारण उच्च सरकारी अधिकारीहरू नै संक्रमित भएका छन्।

इरानका सेनाप्रमुख देखि ३० भन्दा बढी उच्च सरकारी अधिकारी बिरामी परेको जनाइएको छ। इरानका ११ जना उपराष्ट्रपतिमध्ये एक मसुमेह एब्देकारी पनि संक्रमित भएकी छन्। उपस्वास्थ्यमन्त्री इराज हरिर्चीमा यसअघि नै संक्रमण देखिएको थियो।

सांसद एवम् संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख मोज्ताबा जोल्नुर, सांसद मोहम्मद सादेगी, तेहरानका एक मेयर मोर्ताजा रहमानजादा, कोम सहरका स्वास्थ्य विश्वविद्यालयका निर्देशक डाक्टर मोहम्मद रेजा गादिर र भ्याटिकनका लागि पूर्वइरानी राजदूत हादी खोस्रोसाहीलाई पनि भाइरसको संक्रमण भेटिएको थियो ।

संसद्को करिब १० प्रतिशत सदस्य, अर्थात् २४ सांसद् पनि संक्रमित भएका छन्। दक्षिण कोरिया पनि कोरोना भाइरसको संक्रमण उच्च देखिएको छ।

इटलीका सेना प्रमुख साल्वातोर फारिनी समेत कोरोनाको संक्रमणमा परेका छन् । उनी सेल्फ क्वारेन्टाइनमा रहेक छन् । फ्रान्समा आइतबारसम्ममा चारजना सांसदमा कोरोना देखिएको छ ।

बुधबार बिहानसम्मा दक्षिण कोरियामा कोरोनाको संक्रमणबाट ६० जनाले ज्यान गुमाइसकेका छन् । फ्रान्समा कोरोनाको संक्रमणबाट ३३ जनाको ज्यान गएको छ ।

कोरोना भाइरसको सबैभन्दा ठूलो कहर विश्वबजारमा देखिएको छ। सोमबार संसारभरको बजार ध्वस्त हुने लक्षण देखियो। साउदी अरब र रुसबीच तेलको उत्पादन घटाउने समझदारी नहुँदा दुवै देश मूल्य घटाउने प्रतिस्पर्धामा उत्रिएका छन्। जसका कारण तेलको मूल्य निकै तल झरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here