सुनको भाउ घट्यो

काठमाडौं, २८ फागुन । केही दिनदेखि रेकर्ड कायम गर्दै बढेको सुनको मूल्य बुधबार घटेको छ । आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँ घट्यो ।

मंगलबार प्रतितोला ८२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ४०० रुपैयाँ घट्दै प्रतितोला ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तेजावी सुनको मूल्य पनि प्रतितोला ४०० रुपैयाँ नै घट्यो । मंगलबार प्रतितोला ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य बुधबार ४०० रुपैयाँ घट्दै प्रतितोला ८२ हजार रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएन । महासंघका अनुसार बुधबार चाँदीको कारोबार मूल्य प्रतितोला ८ सय ८० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here