निजी सवारी सार्वजनिक रूपमा प्रयोग नगर्न सरकारको निर्देशन, निशानामा टुटल-पठाओ

काठमाडौं । यातायात व्यवस्था विभागले पछिल्लो समय निकालेको सूचनाले टुटल र पठाओको व्यवसाय धरापमा परेको छ ।

विभागले मंगलवार राती सूचना प्रकाशन गर्दै विभिन्न प्रयोजनको लागि दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न चेतावनी दिएसंगै यी दुवैको व्यवसाय धरापमा परेको हो ।

विभागले अन्य प्रयोजनका दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने समेत जानकारी दिएको छ ।

नाम नतोकिए पनि उक्त सूचना लागु भएमा यात्रु बोकिरहेका टुटल, पठाओलगायतका मोटरसाइकलमा यात्रु बोक्ने सेवा प्रभावित हुनेछन् ।

सूचनालाई बेवास्ता गर्दै कानून मिचेर सञ्चालनमा रहेका सवारीमाथि तत्कालै कारबाही थालिने समेत विभागले स्पष्ट पारेको छ ।

यसअघि पनि र्दुईपांग्रे सवारी प्रयोगकर्ता र उपभोक्ताबीच मध्यस्थता गराई भाडामा यात्रु बोक्दै आएको टुटल र पठाओले गैरकानूनी काम गरेको भन्दै विवाद आएको थियो ।

सार्वजनिक यातायातको अव्यवस्थाले गर्दा राजधानीमा धेरै नेपाली युवाहरूले यो सेवा प्रयोग गर्ने र सवारीसाधन भएकाहरूले फुर्सदमा केही आयआर्जन गर्ने गरेका छन् ।

ट्राफिक प्रहरीले करिब १ वर्षअघि टुटल तथा पठाओलाई गैरकानूनी रुपमा मोटरसाइकल भाडामा यात्रु बोक्न प्रयोग गरेको भन्दै कारबाही सुरु गरेको थियो।

तर प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा कारबाही नर्गन भनेपछि अबैध कार्यले वैधता पाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here