सेतो रंग भएको संसारकै अन्तिम जिराफ !

काठमाडौं । सेतो रंग भएको जिराफ अब संसारमा एक्लो भएको छ ।

केही समयअघिसम्म आमा र २ बच्चा सहित ४ वटा रहेको यो जिराफको परिवार शिकारीले उजाड पारिदीए ।

केन्यामा मात्रै पाइने यो जिराफ हेर्नको लागि संसारभरबाट मानिसहरु त्यहाँ जान्थे । उनीहरूले खाएको, खेलेको, हिँडेको निकै मन पराउथे । भिडियो खिच्थे इन्टरनेटमा राख्थे र भिडिओ भाइरल हुन्थ्यो।

तर, अब यो असम्भव बनेको छ । अब फेरी उसको परिवार सहितको त्यो भिडियो देख्न पाइदैन् ।

संसारमै एउटा मात्रै रहेको यो प्रजातिको पोथी जिराफलाई पनि शिकारीले मारेसंगै अब यो प्रजाति संसारबाट लोप भएको छ।

पछिल्लो समय जिराफ शिकारीको नजरमा पर्ने सबैभन्दा प्रमुख जनावर बनेको छ । जिराफका अंगहरू महङ्गो भएको कारण पनि धेरै शिकार हुन्छन् । (बीबीसी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here