काठमाडौं । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण त्रास मूर्तिमा समेत पुगेको छ ।
वाराणसीको एक मन्दिरमा शिवलिङ्गमा नै मास्क लगाइएको तस्विर सार्वजनिक भएको छ।
अहिले पुजारी र भक्तजनहरुले मास्क लगाएर विश्वनाथको पूजा गरिरहेका छन्।
भाइरसको संक्रमणको त्रास बढेको भन्दै भगवान विश्वनाथको अनुहारमा मास्क लगाइ दिएको पुजारीले दाबी गरेका छन् ।
भाइरस संक्रमणको डरले मन्दिर आउने भक्तजनहरुलाई मूर्तिलाई नछुन समेत आग्रह गरेका छन्। साथै भक्तजनहरुलाई समेत मूर्तिलाई नछुन आग्रह गरिएको छ ।
Varanasi:The 'Shivling' at Prahladeshwar temple have been covered with a mask&posters have been put up in temple appealing devotees to not touch the idols.A devotee says,"we are urging ppl not to touch the idols.If idols are touched,#coronavirus will spread & infect more people." pic.twitter.com/c0ZTGjVtFM
— ANI UP (@ANINewsUP) March 10, 2020