प्रधानमन्त्रीलाई भेट्ने पहिलो आगन्तुक बनिन् मिर्गौला दान गर्ने समीक्षा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनलाई मिर्गौला दिने समीक्षा संग्रौलाबीच भेट भएको छ। समीक्षा प्रधानमन्त्रीलाई भेट्ने पहलिो आगन्तुक समेत बनिन् ।

गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई समीक्षाले दिउँसो तीन बजेतिर भेटकी हुन् ।

समीक्षा नातामा प्रधानमन्त्री ओलीको भान्जी हुन् ।

मामा नाता पर्ने प्रधानमन्त्री ओलीलाई भेट्न गएकी हुन्।

गत बुधबार समीक्षाको बायाँतर्फको मिर्गौला झिकेर डाक्टरहरूले ओलीको शरीरमा राखेका थिए।

चिकीत्सकहरुको अनुसार प्रत्यारोपण गरिएको मिर्गौलाले त्यही दिनदेखि काम गर्न सुरू गरिसकेको छ।