११ खर्ब नाघ्यो सार्वजनिक ऋण, प्रत्येक नेपालीको थाप्लोमा ३७ हजार

काठमाण्डौं, २८ फागुन । नेपाल सरकारको ऋणको आकार बढ्ने क्रम जारी छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार माघ महिनासम्म नेपालको सार्वजनिक ऋण ११ खर्ब रुपैयाँ नाघेको छ ।

मन्त्रालयको अनुसार नेपालको कुल सार्वजनिक ऋणको आकार ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । जसमध्ये आन्तरिक ऋण ४ खर्ब ५१ अर्ब ९ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ भने बाह्य ऋण ६ खर्ब ६३ अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।

सरकारले देशको बढ्दो आवश्यकताहरु परिपूर्ति गर्नको लागि देशभित्रका संघ सस्था, व्यक्तिहरुबाट ऋण लिने गर्दछ भने बाहिरी देश र सस्थाहरुबाट पनि ऋण लिनुपर्ने हुन्छ । सार्वजनिक खर्चको लागि सरकारद्धारा यसरी लिइने ऋणलाई नै समग्रमा सार्वजनिक ऋण भन्ने गरेको पाईन्छ ।

एक नेपालीको थाप्लोमा ३७ हजार ३ सय

नेपालको कुल सार्वजनिक ऋणलाई नेपालको आजको अनुमानित कुल संख्याले भाग गर्ने हो भने एक नेपालको थाप्लोमा ३७ हजार ३ सय २ रुपैयाँ ऋण पर्न आउँछ ।

यद्यपी सरकारले ऋणको आकार घटाउने प्रयास भने गरिरहेको छ । मन्त्रालयको तथ्यांक अनुसार सरकारले साढे २५ अर्ब ऋण तिरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here