द्रुत विधिको ‘टेस्ट किट’ को विकास, कोरोना परीक्षण ‘१५ मिनेटमै’

काठमाडौं । चिनियाँ चिकित्सा वैज्ञानिकहरुले ‘ द्रुत विधिको टेस्ट किट’को विकास गरेका छन् । भाइरस परीक्षणको समय न्यूनीकरण गर्ने र शंकास्पद बिरामीलाई छिट्टै सेवापुग्ने उदेश्यले विकास गरेको किटले

एन्टीबडी परीक्षणबाट १५ मिनेटमा कोरोना भाइरस भए-नभएको पत्ता लगाउन सकिने छ । उक्त विधिबाट औंलाको टुप्पोबाट निकालिएको रगत परीक्षणबाट नोभेल कोरोना भाइरस जाँच गर्न सकिने छ ।

नयाँ परीक्षण विधि चीनभरका विभिन्‍न आठवटा क्लिनिल साइटमा परीक्षण गरिएको हो । यो नयाँ किटमा कुनै पनि किसिमको कमजोरी नभएको र क्लिनिकल संवेदनशीलता, विशिष्टता र क्लिनिकल प्रभावकारीतालाई प्रमाणित गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here