चार महिना पछि धकेलियो ‘न्यूओर्क अटो शो’

काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिकाको न्यूओर्क शहरमा हुने ‘न्यूओर्क अटो शो’ चार महिना पछि धकेलिएको छ ।

पछिल्लो समय अमेरिकामा पनि कोरोनाको संक्रमण बढ्न थालेसंगै अटो शो २६ अगस्टमा हुने नयाँ सूचना सहित रोकिएको हो । अमेरिकामा अहिलेसम्म कोरोना संक्रमणको कारण २७ भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

५० भन्दा धेरै नयाँ कार सार्वजनिक गर्ने योजना

न्युओर्क अटो शो विश्वभरका कार निर्माता कम्पनीले ५० भन्दा धेरै नयाँ कार सार्वजनिक गर्ने योजना बनाएको बताईएको छ ।

यो अटो शो मा ३३० मिलियन अमेरिकी डलरभन्दा धेरै रकमको आम्दानी हुने अनुमान गरिएको थियो ।

नयाँ तालिका अनुसार न्यूओर्क अटो शो अब अगस्ट २८ तारिखबाट ६ सेप्टेम्बरसम्म सञ्चालन हुनेछ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here