अनलाईनबाट अर्डर गरेको खानाको बिल अब मोवाइलबाट

काठमाडौं । मोबाईल भुक्तानी सेवाप्रदायक खल्ती र अनलाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनीभोजबीच सम्झौता भएको छ ।

यस साझेदारी पश्चात भोजमार्फत अनलाईन अर्डर गरेको खानाको पैसा खल्ती मार्फत मोबाईलबाटै तिर्न सकिने कम्पनीले बताएको छ ।

खल्तीका मर्चेन्ट एक्विजिशन हेड सचिन उदास र भोजका सहसंस्थापक निकेत अग्रवालले बुधबार एक सम्झौता पत्रमा हस्ताक्षर गरेर उक्त साझेदारीको सुरुवात गरेका हुन् ।

यस साझेदारीको फल स्वरुप भोजका ग्राहकहरुले काठमाडौं, ललितपुर र भक्तपुरका ३०० भन्दा बढी रेस्टुरेन्टबाट आफूले चाहेको खाना अर्डर गर्न र खल्ती एपप्रयोग गरेर मोबाईलबाटै भुक्तानीगर्न सक्ने कम्पनीको दाबी छ ।

हाल खल्ती प्रयोगकर्ताहरुको संख्या १० लाखभन्दा बढि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here