तस्विरमा हेर्नुहोस् प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षाको बिदाई

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला डिस्चार्ज भएकी छन् ।

फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी समीक्षा बुधबार दिन डिस्चार्ज भएकी हुन् ।

डिस्चार्ज अघि समीक्षाले मामा प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्यअवस्थाबारे जानकारी लिएकी थिइन् ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली भेट गर्ने समीक्षा पहिलो पहिलो भिजिटर हुन्। प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ।

प्रधानमन्त्री ओलीको समेत स्वास्थ्यमा सुधार आएकाले सम्भवतः आजै बेलुकासम्म डिस्चार्ज हुन सक्ने अस्पतालले जनाएको छ ।


तस्बिर: प्रधानमन्त्रीको निजी सचिवालय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here