साविक विजेता लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडौं, २९ फागुन । साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ ।

घरेलु मैदान एनफिल्डमा बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पराजित भएसँगै लिभरपुल प्रतियोगिताबाट बाहिरिएको हो ।

दोस्रो लेगमा बुधबार राती लिभरपुलको मैदानमा ३-२ गोलले विजयी भएको एट्लेटिको म्याड्रिड समग्रमा ४-२ गोलले क्वाटरफाइनलमा पुगेको हो। घरेलु मैदानमा भएको पहिलो लेग एट्लेटिकोले १-० गोलले जितेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here