कोरोना रोकथाम तथा नियन्त्रणको लागि कुन देशको कस्तो कदम ?

काठमाडौं, २९ फागुन । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड –१९) रोकथाम तथा नियन्त्रणका लागि विश्वका विभिन्न देशले रणनीति शुरु गरेका छन् ।

चीनले यो सङ्क्रमणका विरुद्धमा निकै नै कडा मेहनत गरेर काम नियन्त्रणमा ल्याएपछि अन्य देशले पनि आ-आफ्नै तरिका अपनाएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरि सकेको छ ।

विश्वका शक्तिशाली देश अमेरिकाले युरोपेली देशबाट अमेरिकामा हुने हवाई उडानमा प्रतिबन्ध लगाएको छ ।

उनले घोषणा गरेको नियम ब्रिटेनको हकमा भने लागु हुने छैन। उता, इटलीमा कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न किराना र औषधीबाहेक सबै पसलहरू बन्द गर्ने घोषणा गरिएको छ। डेनमार्क जमघटमा प्रतिबन्ध र शैक्षिक संस्था बन्द गरेको छ ।

कुवेतको हवाई सेवा बन्द, कामदारलाई २ साता छुट्टी दिएको छ । कतारले कोरोना संक्रमित देशबाट हवाई उडान र नेपालीलाई प्रतिबन्ध लगाएको छ ।

नेपाल कोरोना रोकथामको लागि तीव्र रुपमा लागेको छ । विमानस्थलमा र प्रत्येक नाकामा चेकजाँच शुरु गरिसकेको छ । विभिन्न ठाँउमा हेल्पडेक्सको सञ्चालनमा ल्याएको छ ।

सरकारले आम नागरिकहरुलाई विश्वसनीय ढंगबाट स्वास्थय सेवा प्रवाह गर्ने तयारी थालेको छ । संक्रमणलाई प्रवेश हुनै नदिने व्यवस्थाको लागि आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गरेको छ ।

नागरिकहरुमा सचेतना अभिवृद्धि गर्ने, निगरानी र क्वारेन्टाईनको स्थितिलाई अझै सुदृढ बनाउने तयारी थालेको छ । विरामीको उपचार तथा व्यवस्थापनलाई प्रभावकारी योजना अघि सारेको छ ।

भारतमा कोरोना भाइरसबाट बच्न अत्यावश्यक बाहेक अप्रिल १५ सम्मका सबै भिसा रद्द गरेको छ। सीमा जोडिएको छिमेकी भारतको राज्यमा कोरोना संक्रमित देखिएका बेला नेपालतर्फ पनि सतर्कता अपनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here