सुनको भाउ प्रतितोला ८०० रुपैयाँ घट्यो

काठमाडौं, २९ फागुन । केही दिनदेखि रेकर्ड कायम गर्दै बढेको सुनको मूल्य विहिबार पनि घटेको छ । आज सुनको भाउ प्रतितोला ८०० रुपैयाँ घट्यो ।

बुधबार प्रतितोला ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य विहिबार ८०० रुपैयाँ घट्दै प्रतितोला ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहिबार तेजावी सुनको मूल्य पनि प्रतितोला ८०० रुपैयाँ नै घट्यो । बुधबार प्रतितोला ८२ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य विहिबार ८०० रुपैयाँ घट्दै प्रतितोला ८१ हजार २०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घट्यो । मा भने कुनै परिवर्तन भएन ।

बुधबार प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा २० रुपैयाँ घट्दै प्रतितोला ८ सय ६० रुपेयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here